शेयर बिक्रीवितरण:यस संस्थाको कार्य क्षेत्र भित्रका नेपालि नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले यस संस्थामा आबद्ध भै कारोबार गर्न चाहेमा कम्तिमा १ थान शेयर खरिद गर्नु पर्ने | सजिलो बचत:यस अन्तर्गत रु. ५०/१०० मा खाता खोलि आफुले जम्मा गर्न चाहे जति रकम राख्न सकिने र एक दिन मा रु. ५० हजार सम्म रकम झिक्न सकिने यो खातामा व्यवस्था छ| गृहिणी बचत:यस बचत अन्तर्गत महिलाहरुको पेवापातको रकम र खुत्रुके बचत गर्ने व्यवस्था छ | यो वचत खाता रु. ५०/१०० बाट पनि पनि खोल्न सकिने छ, यस खातामा पनि एक दिन मा रु.५० हजार भन्दा बढी रकम झिक्न पाइने छैन | बालबचत:बालबालिका लाइ पढाई लेखाइका लागि भविष्यमा आबश्यक पर्ने रकम शुरु देखिने जम्मा गर्दै लैजाने उद्धेश्यले यस बचत खाताको व्यवस्था गरिएको छ र यस बचत खातामा संरक्षकले २/३ वर्ष भित्र रकम झिक्ने भएमा अन्य बचत खातामा दिए सरह व्याज दिइने छ, यदि बच्चा १६ वर्ष पुगे पछी मात्र रकम झिक्ने भएमा ४ बर्षे मुद्दती सरह व्याज दिइनेछ | क्रमिक बचत:यो खाता रु. ५०/१०० बाट शुरु गरि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक रुपमा १० अंकले भाग लाग्ने किसिमको एअकम राख्न सकिने छ तर साप्ताहिकमा कम्तिमा रु. ५००| र मासिकमा रु. १००० राख्नुपर्ने छ | यो खाता ६, १२, १८, २४, ३० र ३६ महिनाको अबधि तोकी खोलिने छ र साँवा व्याज एकमुष्ठ भुक्तानी गरिने छ| मुद्दती खाता:जसलाई तुरुन्त रकम को आवस्यकता छैन र त्यस प्रकारको रकम बाट बढी व्याज लिन चाहने व्यक्तिहरुले कम्तिमा रु. २०,००० वाट मुद्दती खाता खोल्न सकिने छ | मुद्दती खाता १, २, ३, ४ र सो भन्दा बढी अबधिकोलागी पनि खोल्न सकिने छ| चल्ती खाता:दैनिक रुपमा नगदको कारोबार गरिरहनु पर्ने व्यक्ति, व्यापारी र संघ/संस्थाहरुले कम्तिमा रु ५००० वाट यस प्रकारको खाता खोलि रकम जम्मा गर्ने सक्ने छन्, यस खातामा जतिसुकै रकम राख्न तथा झिक्न सकिने छ | कर्जा प्रबाह:यस संस्थाले विभिन्न किसिमको कर्जाहरु प्रबाह गर्ने नीति अबलम्बन गरेको छ| जस्तै: व्यापारकर्जा, हायर पर्चेज कर्जा, स-साना उद्योग व्यवसायकालागि कर्जा, बैदेशिक रोजगार कर्जा, रिवोल्भिंग कर्जा र शैक्षिक कर्जा आदि| कर्जाको लागि पेश गर्नु पर्ने कागजातहरु (१) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (२) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि (३) मालपोत तिरेको (हालैको) रसिदको प्रतिलिपि (४) ना.प./गा.बि.स. वाट जग्गाको चार किल्ला प्रमाणित (५) हालै खिचिएको फोटो एक प्रति (६) नापी शाखाबाट ब्लू प्रिन्ट / ट्रेस नक्सा (७) मालपोत कार्यालयबाट दृष्टिबन्धक रोक्का कर्जाको साँवा व्याज भुक्तानी व्यवस्था:यस संस्थाले ग्राहक सदस्यहरुको सहुलियतको लागि कर्जाको साँवा व्याज भुक्तानी गर्ने निम्न व्यवस्था कायम गरेको छ| (१) रु.२ लाख सम्मको कर्जामा साँवा व्याज मासिक किस्तामा (२) रु २ लाख भन्दा माथिको कर्जामा ब्याज मासिक रुपमा र साँवा रकम ग्राहक सदस्यको सल्लाह अनुसार ३/३ महिनामा | |